Kathmandu Press

इजरायल–प्यालेस्टाइन तनाव : २४ घण्टामा ४० बढीको मृत्यु

जेरुसेलम, जेठ ३ : इजारायल र प्यालेस्टाइनी आतंकवादी समूह हामासबीचको द्वन्द्वमा परी पछिल्लो २४ घण्टामा ४० भन्दा बढीको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्...
इजरायल–प्यालेस्टाइन तनाव : २४ घण्टामा ४० बढीको मृत्यु

जेरुसेलम, जेठ ३ : इजारायल र प्यालेस्टाइनी आतंकवादी समूह हामासबीचको द्वन्द्वमा परी पछिल्लो २४ घण्टामा ४० भन्दा बढीको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो एक सातायता इजरायलले हामासलाई लक्षित गर्दै प्यालेस्टानइनमा सैन्य आक्रमणलाई तिब्र बनाएको छ भने हमासले पनि इजरायलमा आक्रमण गरिरहेको छ।

सोमबार बिहान हमासले दक्षिणी इजरायलमा रकेट प्रहार गरेपछि इजरायली लडाकु विमानले प्यालेस्टाइनको गाजा शहरमा ८० वटा हवाई हमला गरेको बताइएको छ।

Hardik ivf

गाजाका अधिकारीहरूले आइतबार इजरायली हवाई हमलामा परि १६ महिला र १० बालबालिका सहित ४२ जनाको मृत्यु भएको बताएका छन् । त्यस्तै, इजरायलमा दुई बालबालिकासहित १० को मृत्यु भएको इजरायलले जनाएको छ ।

प्यालेस्टाइनी अधिकारीहरूले यो इजरायलसँग द्वन्द्व सुरु भएयताकै सबैभन्दा भयानक भएको बताएका छ्न । इजरायली सेना र हमासमाले एक सातामा तीन हजारभन्दा बढी रकेट प्रहार गरिसकेका छन् ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म मुत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ । जसमध्ये ५३ जना बालबालिका र ३३ जना महिला रहेका छन् । त्यस्तै, द्वन्द्वमा परी ख्या १ हजार १ सय ३० बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लगातारको लडाइँले दुवै क्षेत्रलाई ‘अनियन्त्रित संकट’ मा पु¥याउन सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: ११:२७ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्