Kathmandu Press

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

नाराबाजीबीच नै सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामितानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले गहृमन्त्रीलाई रोस्टममा जानबाट रोकेका थिए।
कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  

बजेट अधिवशेनका पहिलो बैठक सुरु भएलगत्तै कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थागित गरिएको थियो। सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै कांग्रेसले बैठक अवरोध गरेको हो।

Hardik ivf

१५ मिनेटका लागि भनेर स्थगित भएको प्रतिनिधि सभाको करिब २ घण्टा फोरि सुरु भयो । तर, कांग्रेसले अवरोध कायमै राखेपछि बैठक स्थगित गरिएको हो।

कांग्रेस सांसदहरुले अवरोध गरेपछि सभामुख घिमिरेले आजको कार्यसूचमा रहेका बाँकी कार्यक्रमहरु हटाउँदै संसद बैठक स्थागित गरेको घोषणा गरे।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्नेछ।

नाराबाजीबीच नै सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामितानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले गहृमन्त्रीलाई रोस्टममा जानबाट रोकेका थिए।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्