Kathmandu Press

‘संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन’

कांग्रेस सदन चल्नुपर्छ भन्नेमा गम्भीर रहेको उल्लेख गर्दै उनले सदनमा अहिलेको दृश्य देखिनुको कारक सरकार भएको बताए। 
‘संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन’

काठमाडाैं, वैशाख २८ : प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध,  संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने गगन थापाकाे भनाइ

नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा कांग्रेसका सांसदहरू उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापालाई बोलन समय दिए।

Hardik ivf

उनले संसदीय छानबिन समिति नबनेसम्म संसदीय कामकामकारबाही अघि बढ्न नदिने बताए। उनले कांग्रेसको मागलाई हल्का रुपमा नलिन सदनलाई चेतावनी दिए। 

कांग्रेस सदन चल्नुपर्छ भन्नेमा गम्भीर रहेको उल्लेख गर्दै उनले सदनमा अहिलेको दृश्य देखिनुको कारक सरकार भएको बताए। 

‘सहकारी ठगी सम्बन्धमा छानबिन समिति बनाइयोस्,’ उनले भने, ‘समिति सबै दल मिलेर बनाउने होला। तर गृहमन्त्री  समिति छानबिन गर्नबाट किन भागेको? किन डराएको? किन आत्तिएको?’ 

उनले गृहमन्त्रीले सहकारीमा ऋण लिएको १ करोड रकमको अपचलन गरेको देखिँदा पनि महान्यायाधिवक्तकाको कार्यलयको दुरुपयोग गर्ने प्रयास भएको बताए।

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्