Kathmandu Press

मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा हुने

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हाे। उनी आज साँझसम्म जेल मुक्त हुने जनाइएकाे छ। तर उनले जुन २ मा फेरि अदालतमै हाजिर हुनुपर्नेछ।
मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा हुने

काठमाडौं, वैशाख २८ : नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा हुने भएका छन्।

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हाे। उनी आज साँझसम्म जेल मुक्त हुने जनाइएकाे छ। तर उनले जुन २ मा फेरि अदालतमै हाजिर हुनुपर्नेछ।

Hardik ivf

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा पक्राउ परेका केजरीवाल ४० दिनदेखि तिहाड जेलमा छन्।  भारतमा लोक सभाको चुनाव चलिरहेकाे छ। चुनावअगाडि नै उनी पक्राउ परेका थिए।

आगामी जुन १ मा सकिने चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो। जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन।

लोक सभा चुनावका सात चरणमध्ये तीन चरण सकिइसकेको छ। नयाँ दिल्लीमा यही मे २५ तारिखमा चुनाव हुँदैछ।

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्