Kathmandu Press

रफाहमा इजरायली आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

उनले इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रह समेत गरेका छन्।
रफाहमा इजरायली आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

न्युयोर्क, वैशाख २६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण ‘रणनीतिक गल्ती’ हुने चेतावनी दिएका छन्।

रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने गुटेरेसले ट्वीटरमा पोस्ट गरिएको भिडियोमा उल्लेख गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायल–हमास युद्ध रोक्न अपिल गरेका छन्

Hardik ivf

उनले इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रह समेत गरेका छन्। महासचिव गुटेरेसले यो समय युद्धरत पक्षहरुलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गरेको छन्।

मानवीय युद्धविराम, बन्धकहरूको विनाशर्त रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढावा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्रसंघीय प्रमुखको भनाई छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्ट अनुसार मंगलबार रफाहमा इजरायलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन्।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्