Kathmandu Press

टेलिकमले ल्यायो एचडी भ्वाइस सेवा

काठमाडाैं, जेठ ३ : विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ। यो सेवाबाट फोरजी...
टेलिकमले ल्यायो एचडी भ्वाइस सेवा

काठमाडाैं, जेठ ३ : विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ। यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस सुन्न सकिने छ ।

तर, यो सेवा भने सबै मोबाइलमा उपलब्ध भने हुने छैन । यसका लािग मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ।

भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४# डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।

यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ।

नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा उपलब्ध यो सेवा सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ।

 

प्रकाशित मिति: १०:१९ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्