Kathmandu Press

जसपा केन्द्रीय सदस्य सिंह पार्टीबाट निष्कासित 

सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत कार्य गरेको पाइएको बताउँदै आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरिएको हो। 
जसपा केन्द्रीय सदस्य सिंह पार्टीबाट निष्कासित 

काठमाडौं, साउन १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी केन्द्रीय सदस्य एवम् समाजवादी महिला संघकी केन्द्रीय उपाध्यक्ष प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासनको कारबाही गरेको छ।

सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत कार्य गरेको पाइएको बताउँदै आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरिएको हो। 

केन्द्रीय कार्यालय सचिव पेशल ढकालले सोमबार जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीको तत्कालीन केन्द्रीय सदस्य तथा समाजवादी महिला संघको केन्द्रीय उपाध्यक्ष प्रमिला कुमारी सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत कार्य गरेको पाइएकोले नीजलाई आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ 

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्