Kathmandu Press

कोरोनाबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं, जेठ ३ : कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ। उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय...
कोरोनाबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं, जेठ ३ : कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ। 

उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्। 

Hardik ivf

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपूरणीय क्षति भएको बताए। (रासस)

प्रकाशित मिति: ०९:१७ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्