Kathmandu Press

‘आँखा मार्ने’मा नाजिर र प्रियंकाको रोमान्टिक मुड [भिडियाे]

एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन्।
‘आँखा मार्ने’मा नाजिर र प्रियंकाको रोमान्टिक मुड [भिडियाे]

काठमाडौं, साउन २० : गायक तथा संगीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीत सार्वजनिक गरिएको छ।

विककै शब्द–संगीतमा तयार भएको गीतमा महिला गायनमा मनिषा सुनारले साथ दिएकी छन्।

एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन्।

आँखा मार्नेबाट नै गायक तथा संगीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन्। यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’ ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन्। 

‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए। यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु। नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु,’ उनले भने।

भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्