Kathmandu Press

सरोज लामिछानेले ल्याए तीज गीत ‘ओइ बुढा’ [भिडियाे]

सरोज लामिछानेकै संगीत रहेको गीतमा रामकृष्ण थापाको एरेन्ज र खडक बजुरालीको मिक्सिङ छ।
सरोज लामिछानेले ल्याए तीज गीत ‘ओइ बुढा’ [भिडियाे]

काठमाडाैं, साउन २० : सरोज लामिछानेले नयाँ नेपाली तीज गीत ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’ सार्वजनिक गरेका छन्। 

सन्तोष लामिछानेको शब्द रहेको गीतमा सरोज लामिछानेलाई गायनमा मञ्जु गौतमले साथ दिएकी छिन्। 

सरोज लामिछानेकै संगीत रहेको गीतमा रामकृष्ण थापाको एरेन्ज र खडक बजुरालीको मिक्सिङ छ। राजेन्द्र बजुराली, सागर बजुराली र गोविन्द पराजुलीले गीतलाई रेकर्ड गरेका हुन्।

गीतको भिडियोलाई मिलन श्रेष्ठको निर्देशन गरेका छन्। जसमा दीपेन्द्र सुनाम र सरिता डंकोटी फिचर्ड छन्। सन्तोष तिमल्सिनाले खिचिेको भिडियोमा प्रतिभा चम्लिङको कोरियोग्राफी छ। 

रोशन धितालले सम्पादन गरेको गीतको भिडियो सरोज लामिछानेको युट्युब च्यानलमार्फत सर्वाजनिक भएको हो। 

हेर्नुस् भिडियाे

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्