कोभिड-१९ रोकथाम र उपचारबारे कांग्रेस प्रमुख सचेतक खाणले गराए स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
काठमाडौं, जेठ २ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारका बिषयमा सरकारका स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, जेठ २ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कोभिड १९ रोकथाम, न्यूनिकरण तथा उपचारका बिषयमा सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको विशेष ध्यानाकर्षण गराएका छन् ।
खाणले आज मन्त्री त्रिपाठीलाई टेलिफोन मार्फत कोभिड १९ विरुद्धको खोप प्रकारी नभएको देशभर अक्सिजनको अभाव भएको लगायतका बिषयमा ध्यानाकर्षण गराएको दलका अधिकृत विजयेन्द्र वीर आलेले एक प्रेस नोट मार्फत जानकारी गराएका हुन् ।
‘कुराकानीको क्रममा उहाँले कोही पनि नेपाली नागरिक खोपबाट बञ्चित हुने अवस्था नओस् र त्यसका लागि सरकारले यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गरियोस् भनि माग गर्नु भयो । जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोश्रो डोज दिन बाँकी रहेको र दोश्रो डोज दिने समय सीमा धेरै काम रहेकोले यथाशक्य चाडो दोश्रो खोप दिने व्यवस्था गरियोस् भन्ने विषयमा जोड दिनु भयो ’, नोटमा उल्लेख छ ।
यस्तै प्रमुख सचेतक खाणले हाल अक्सिजन सहित स्वास्थ्य सामग्री र उपकरणहरुको अभाव हुँदै गएको र उपचारमा कठिनाई भएको प्रति पनि चासो राखेका थिए ।
