Kathmandu Press

ओली–नेपालबीच सिंहदरबारमा एक्लाएक्लै भेटवार्ता

काठमाडौं, जेठ २ : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा एक्लाएक्लै वार्ता सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा...
ओली–नेपालबीच सिंहदरबारमा एक्लाएक्लै भेटवार्ता
Hardik ivf

काठमाडौं, जेठ २ : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा एक्लाएक्लै वार्ता सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको भेटमा कार्यदलबारे गठनबारे छलफल हुने बताइएको छ। 

शुक्रबार मात्रै दुई समूहका नेताहरू सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनको जिम्मेवारी दिएको थियो। सोही बैठकमा पछिल्लो समय एमालेभित्र उत्पन्न विवाद समाधान गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने सहमति भएको थियो।

सोही सहमतिको कार्यान्वयनका सन्दर्भमा प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्न लागिएको हो। ओली–नेपालले कार्यदलमा कोको रहने भन्ने टुंगो आजै लगाउने जनाइएको छ।

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, जेठ २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्