Kathmandu Press

सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सेनाको अपिल

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहीआएको छ,’ सेनाले अपिलमा भनेको छ।
सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सेनाको अपिल

काठमाडौं, भदौ २४ : नेपाली सेनाले मुलुकको परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन अनुरोध गरेको छ। 

सेनाले सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राखी संयमित हुन अपिल गरेको हो। सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको पनि जनाएको छ।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहीआएको छ,’ सेनाले अपिलमा भनेको छ।

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रही आएको समेत उल्लेख गरेको छ।

सेनाले नेपालमा हाल भइरहेको जेन्जी आन्दोलनका विकसित घटनाक्रमबारे  विश्लेषण गरिरहेको निबताएको छ। आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना पनि गरिएको छ।

शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले हार्दिक समवेदना र सहानुभूति पनि व्यक्त गरेको छ। घाइते बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। 
 
प्रकाशित मिति: १९:१० बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्