Kathmandu Press

कोरोना कहरबीच रातो मछिन्द्रनाथको सांकेतिक रथयात्रा (फोटोफिचर)

कोरोना भाइरसको महामारीका यो पटक रथयात्रा सांकेतिक रुपमा मात्र तानिएको छ । ललितपुरको पुल्चोक शनिबार दिउँसो २ बजे सुरु भएको रथ २५ मिनटर मात्र तानिएको थियो ।
कोरोना कहरबीच रातो मछिन्द्रनाथको सांकेतिक रथयात्रा (फोटोफिचर)
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १ : कोरोना कहरबीच वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा गरिएको छ। कोरोना भाइरसको महामारीका यो पटक रथयात्रा सांकेतिक रुपमा मात्र तानिएको छ । ललितपुरको पुल्चोक शनिबार दिउँसो २ बजे सुरु भएको रथ २५ मिनटर मात्र तानिएको थियो ।

रथयत्रमा १५० जनाले सहभागी थिए । २५ मिटर रथ तानेर रथयात्रा विसर्जन गरिएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन बुधबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो।

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।

 

 

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्