Kathmandu Press

सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

काठमाडौं, वैशाख ३१ : सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट...
सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट

काठमाडौं, ३१ वैशाख : सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो।

कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो। संस्थाको आइपिओमा १७ लाख ३३ हजार ९४९ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य भएको बिक्री प्रबन्धक सनराइज क्यापिटकले जनाएको छ।

Hardik ivf

आवेदन दिएकामध्ये चार हजार ४४२ जनाको आवेदन रद्द भएको छ। त्यस्तै कूल आवेदकमध्ये १४ लाख तीन हजार ४६४ आवेदकको हात खाली भएको क्यापिटलले जनाएको छ। सोह« लाख ८५ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराई दुई लाख ३४ हजार १९५ जनाले शेयर १० कित्ताका दरले पाएका छन्।  दुई लाख ३४ हजार १९५ जनामध्ये चार जनाले भने ११ कित्ता शेयर पाएका छन्।

कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरका २५ लाख १८ हजार २३० कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । त्यसमा दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरिएको थियो।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, वैशाख ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्