Kathmandu Press

गायक थापाको कौह्रा गीत ‘रमाइ रमाइ लान्थें’ (भिडियो) 

काठमाडौं, वैशाख २८ : गायक भुवन सिं थापाको कौह्रा गीत ‘रमाइ रमाइ लान्थें’ बोलको गीत सार्बजनिक भएको छ । गायक थापाले आफ्नै युटुब...
गायक थापाको कौह्रा गीत ‘रमाइ रमाइ लान्थें’ (भिडियो) 

काठमाडौं, वैशाख २८ : गायक भुवन सिं थापाको कौह्रा गीत ‘रमाइ रमाइ लान्थें’ बोलको गीत सार्बजनिक भएको छ । गायक थापाले आफ्नै युटुब च्यानलमार्फत गीत सार्बजनिक गरेका हुन् ।

खासगरी मगर समुदायको संस्कृति र संगीतको मौलिक र अभिन्न अंग मानिने कौह्रा गीत र नाचको सांस्कृतिक पक्षलाई उनले गीतमा उतारेका छन् । व्यास नगरपालिका वडा नं १४ केशवटारका स्थायी बासिन्दा रहेका थापाले गीतको छायांकन समेत आफ्नै गाउँमा गरेका छन् भने म्युजिक भिडियोमा मौलिक नृत्य देख्न सकिनेछ ।

रेसम आलले लेखेको गीतमा लय सृजना, भिडिओ निर्देशन र सम्पादन समेत स्वयंम थापाले नै गरेका हुन् । गीतको छायांकन फल थापा मगर र विशाल थापा मगरले गरेका छन् ।

गीतले मगर संस्कृतिको प्रबद्धन हुनुका साथै साविकको केशवटार गाविस वरपर रहेका केशवटार लगायत  ठीन, नयाँगाउँ, हर्कपुर, रुम्सी, कुलुङ र छाब्दी बाराहीको समेत पर्यटनमा टेवा पुर्‍याउने लक्ष्य गायक थापाले बताएका छन् । 

प्रकाशित मिति: ०८:४३ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्