Kathmandu Press

आजदेखि लमजुङमा पनि एक साता निषेधाज्ञा

आजदेखि लमजुङमा पनि एक साता निषेधाज्ञा

काठमाडौं, वैशाख २८ : कोरोना संक्रमण फैलिएसँगै लमजुङमा एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सदरमुकाम वेंशीशहरलगायत अन्य स्थानीय तहहरुमा संक्रमितको संख्या दिनहुँ बढेकाले थप संक्रमणलाई रोकथाम गर्न वैशाख २८ गते राति १२ बजेदेखि जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

Hardik ivf

निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यबस्तु खरिद र खेतबारीमा कृषिजन्य कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ। यस्तै, एम्बुलेन्स, बिरामी बोकेका गाडी, शववाहन, निर्माण सामग्री ढुवानीका साधन, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अन्य सबै खाले सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

खाद्यन्न तथा तरकारी, पेट्रोलियम पदार्थ, औषधिजस्ता अत्याश्यक उपभोग्य बस्तु बिक्री गर्नेबाहेक सम्पूर्ण पसल, उद्योग व्यापार व्यवसाय गर्न रोक लगाइएको छ। दैनिक उपभोग्य वस्तुको पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्न पाइने छ।

प्रकाशित मिति: ०८:०४ बजे, मंगलबार, वैशाख २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्