Kathmandu Press

‘संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍याे’

उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए। 
‘संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍याे’

काठमाडौं, जेठ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए। 

Hardik ivf

‘हामीले आर्थिक पछ्यौटेपनका विरुद्ध आर्थिक समृद्धिका लागि क्रमश कदम चाल्दै अगाडि बढेकै हो। अनेक अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको लागि पनि हामीले काम गरेकै हो। चाहे त्यो छिमेकी राष्ट्र भारत र चीनसँग सम्बन्धित कुरा होस, चाहे अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको इज्जतलाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएकै हो,’ अध्यक्ष दाहालले भने, ‘तर प्रतिक्रियावादी, दलाल, नोकरसाहा र बिचौलियाहरुलाई त्यो सहिए भएन, र उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले हामीलाई सरकारबाट बाहिर ल्याए।’

यस्तै, उनले बढि नै भाषण गर्ने प्रवृत्ति बढेको भन्दै जनताको कुरा बढी सुन्ने आफ्नो कुरा थोरै राख्ने गरे मात्र अभियान सफल हुने बताए। 
 

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्