Kathmandu Press

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारको आह्वान

‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकोमा उनीहरू वार्तामा आएका थिएनन्।
यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारको आह्वान

कास्की, जेठ १८ : गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो। 

Hardik ivf

‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकोमा उनीहरू वार्तामा आएका थिएनन्।

यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकिएको विज्ञप्तिमार्फत मन्त्रालयले जनाएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सहुलियतमा, सहज सेवा दिन, थप रोजगारीको वातावरण सिर्जना गर्न र यातायातको सिण्डिकेट तोड्न केही नयाँ गर्न खोज्दा उल्टै यातायात बन्द गरेर नागरिकलाई दुःख दिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्