Kathmandu Press

सकियो निफ चलचित्र महोत्सव, बुख्याँचा उत्कृष्ट चलचित्र

सकियो निफ चलचित्र महोत्सव, बुख्याँचा उत्कृष्ट चलचित्र

काठमाडौं, वैशाख २७ : विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजदेखि समापन भएको छ।

समापन कार्यक्रममा उत्कृष्ट चलचित्रसहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे।  सोअनुसार उत्कृष्ट लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो (बुख्याँचा)ले हात पारेको छ। यसैगरी बाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु चलचित्रअन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको गड्स डटर डान्सेसले पाएको छ।

Hardik ivf

मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको सिभिल सोल्डर्सले हात पारेको छ। 

यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको रिटर्न टु द लष्ट इडेनले पाएको छ। टर्कीका निर्देशक मुरत सेरीको इन माइ ड्रिम पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक चलचित्रअन्तर्गत ढोण्डुप छिरिङको आमा खाण्डोले हात पारेको छ। 

गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय चलचित्र डिक्सनरीले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभियनतर्फ लाटोकोसेरोले अवार्ड हात पारेको छ।   

कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्नमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा  बोर्डले विभिन्न संघसंस्थासँंगको सहकार्यमा चलचित्र गतिविधि अगाडी बढाइने जानकारी दिए। कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा  निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताए।

प्रकाशित मिति: २१:३४ बजे, सोमबार, वैशाख २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्