Kathmandu Press

जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान

काठमाडौं, वैशाख ४ : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका छ जिल्ला अस्पताललाई ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ। पहाडी जिल्ला डोटी, अछाम, बाजुरा,...
जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान
Hardik ivf

काठमाडौं, वैशाख २४ : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका छ जिल्ला अस्पताललाई ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ। पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८०/८० लाख रुपैयाँ रकम प्रदान गरेको हो। 

प्रदेशका छ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला सङ्क्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको जनाइएको छ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेशिन खरीदको प्रक्रिया अघि बढाइसकेको बताए। सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक परेकामा ३०० सिलिन्डर मात्रै उपलब्ध भइरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, वैशाख २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्