Kathmandu Press

प्रतिनिधिसभा पुनःस्थापना भएको दुई महिनापछि माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

प्रतिनिधिसभा पुनःस्थापना भएको दुई महिना १० दिनपछि मंगलबार माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
प्रतिनिधिसभा पुनःस्थापना भएको दुई महिनापछि माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं, वैशाख २१ : प्रतिनिधिसभा पुनःस्थापना भएको दुई महिना १० दिनपछि मंगलबार माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

माओवादी केन्द्रले ३ फागुन ०७४ मा ओली सरकारलाई समर्थन दिएको थियो। उक्त पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओली स्पष्ट औपचारिक रूपमा अल्पमतमा पर्नेछन्।

Hardik ivf

तर, आज माओवादीले स्थायी कमिटी बैठकमार्फत समर्थन फिर्ता लिने निर्णय गरेको मात्र हो। त्यसको जानकारी संसद् सचिवालयमा दर्ता गराउन बाँकी नै छ।

२३ फागुनमा तत्कालीन नेकपाको दर्ता खारेज भई सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र अलग भएको फैसला आएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माओवादी नेताहरूले बताउँदै आएको थिए।

तर, २३ चैतमा सर्वोच्च अदालतमा ओली सरकारको वैधानिकमाथि प्रश्न उठाउँदै दर्ता गर्न खोजिएको रिट दरपिठ भएको थियो। अर्थात्, अदालतले माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने अप्रत्यक्ष आशय प्रकट गरेको थियो।

एमाले र माओवादी केन्द्र अलग हुने फैसलायता आफ्नो पार्टीले ओली सरकारलाई समर्थन नदिएकाले फिर्ता लिनु नपर्ने दाबी पनि माओवादी नेताहरूले गर्दै आएका थिए।
 

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, वैशाख २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्