Kathmandu Press

वेबसाइटका ३० वर्ष– सुविधा वृद्धिसँगै समस्या पनि बढ्दो

दिनानुदिन अधिक सेवा, प्रयोगकर्ताको बढ्दो संख्या र अत्यधिक गतिविधिका साथ अनलाइन संसार निरन्तर विस्तार भइरहेको छ । सन् २०२० मा ‘डट कम’ डोमेनमा...
वेबसाइटका ३० वर्ष– सुविधा वृद्धिसँगै समस्या पनि बढ्दो

दिनानुदिन अधिक सेवा, प्रयोगकर्ताको बढ्दो संख्या र अत्यधिक गतिविधिका साथ अनलाइन संसार निरन्तर विस्तार भइरहेको छ । सन् २०२० मा ‘डट कम’ डोमेनमा दर्ता भएका वेबसाइट १५ करोडको आँकडा नाघे ।

अनलाइन प्रयोगको व्यावसायिक सुरुवात भएको यस शताब्दीको ३० वर्ष व्यतित भएको छ । अनलाइन विविधता र प्रभुत्वमा विश्वव्यापी प्रवृत्तिको विश्लेषण गर्ने बहुवर्षे अनुसन्धान परियोजनाले केही अनौठा तथ्य बाहिर ल्याएको छ ।

पब्लिक लाइब्रेरी अफ साइन्स (पीओएलएस वान) मा बिहीबार प्रकाशित शोधबाट वेबको युगमा केही दीर्घकालीन प्रवृत्तिले कसरी व्यवसायमा प्रतिस्पर्धा गरिरहेका छन् भन्ने जानकारी पहिलोपटक सार्वजनिक भएको छ । अध्ययनका क्रममा अनलाइन संस्थाहरूमा संकुचन तर बढ्दो प्रभावको नाटकीय अवस्था देखिएको छ ।

वेबका फङ्सन, सुविधा र एप्लिकेसनमा निरन्तर वृद्धि देखिएको छ । तर, त्यस्तो सुविधा उपलब्ध गराउने संस्थाहरू घट्दो क्रममा देखिएका छन् ।

विविधतामा अधिक गिरावट

अध्ययनका क्रममा सामाजिक सञ्जाल वेबसाइट रेडिटमा सन् २००६ यता ६ अर्बभन्दा बढी प्रयोगकर्ताका टिप्पणी साथै ट्विटरमा सन् २०११ यता ११ अर्ब ८० करोड पोस्टमाथि विश्लेषण गरिएको थियो ।

अनुसन्धानका क्रममा एक दशकभन्दा बढी समयको विश्वव्यापी गतिविधिको तथ्यांक संकलन गर्न ५.६ टेराबाइट (टीबी) स्पेस भएको एक विशाल हार्डडिस्क प्रयोग गरिएको थियो । यो डाटासेट हब्बल टेलिस्कोपको मूल डाटासेन्टरको आकारभन्दा चार गुणा ठूलो हो । त्यही टेलिस्कोपको प्रयोग गरेर ब्रायन स्मिथको टिमले ब्रह्माण्डको विस्तार द्रुत गतिमा भइरहेको पत्ता लगाएका थिए । र, सोही खोजबापत सन् १९९८ मा नोबेल पुरस्कार जितेका थिए ।

शोधकर्ताले रेडिटका एक अर्बभन्दा बढी पोस्टहरू विश्लेषण गरेका थिए । अन्य साइटका लिंक र अनलाइन सेवाबारे अध्ययन गरिएको थियो । पछिल्लो दशकमा लिंकहरूको विकास, प्रभाव र विविधता अध्ययन गर्ने उनीहरूको प्रयास थियो ।

शोधकर्ताले लिंक ‘विशिष्टता’ को मापदण्ड प्रयोग गरे । यस स्केलमा १ ले अधिकतम विविधता प्रतिनिधित्व गरेको देखियो जब कि सबै लिंकहरूको आफ्नै डोमेन हुन्छ । र, शुन्य न्यूनतम विविधता हो (सबै लिंक एक डोमेनमा हुन्छन्, जस्तै ‘युट्युब डटकम) ।

एक दशकअघि रेडिटका प्रयोगकर्ताले पोस्ट गरेका लिंकहरूबीचमा डोमेनका विभिन्न प्रकार थिए । प्रत्येक एक सय अनियमित लिंक पोस्ट गर्ने प्रयोगकर्ताका लागि २० भन्दा बढी फरक डोमेन उपलब्ध गराइन्थ्यो । तर, अहिले प्रत्येक सय लिंक पोस्ट गर्न मात्र पाँच अलग डोमेन छन् ।

वास्तवमा, मुख्य सामाजिक सञ्जाल प्लेटफर्मको ६०–७० प्रतिशत ध्यान १० लोकप्रिय डोमेनहरूतर्फ मात्र केन्द्रित रहेको अध्ययनको निष्कर्ष छ ।

सामाजिक सञ्जालबाहेक तीन वर्षमा करिब २० अर्ब लिंकको विश्लेषण गर्दै वेबभित्रका विधि प्रकृतिमाथि शोधकर्ताले अध्ययन गरे । त्यसको परिणाम आयो– धनी अनलाइनहरू झन् झन् धनी बन्दै गएका छन् ।

टप एक हजार वेबसाइटहरू प्राधिकार, प्रभाव र भिजिबिलिटीका हिसाबबाट हरेक महिना अझ महँगा बन्दै गएका छन् । यसमा नेटवर्क केन्द्रीयता वा पेज र्‍यांकलाई आधार बनाइएको छ ।

एप्लिकेशनको बढ्दो विविधता

खोजी, नयाँ विचार र प्रेरणाको स्रोतका रूपमा वेब सुरू गरिएको थियो, जसले खेल मैदानको प्रवेशद्वार थियो । वास्तवमा यो अहिले एक यस्तो माध्यम बन्दैछ, जसले प्रतिस्पर्धालाई कमजोर बनाउँदै केही खेलाडीको एकाधिकार र प्रभुत्वलाई बढावा दिन्छ ।

यो अध्ययनमार्फत शोधकर्ताले लामो समयदेखि जार विरोधाभासलाई समाधान गर्ने प्रयास गरेका छन्– के वेबले व्यापार, रोजगारी र लगानी बढाउन मद्दत गर्छ ? वा यसले कसलाई र सबैलाई खेलमा सामेल हुँदै अगाडि बढ्न गाह्रो बनाउँछ ? जवाफ आउँछ– यसले दुवै काम गर्छ ।

स्रोतको विविधता गिरावटको अवस्थामा छ । जब कि, नयाँ सेवा, उत्पादन र एप्लिकेसन जस्तै– संगीत स्ट्रिमिङ सेवा, फाइल पठाउन मिल्ने एप्लिकेसन (ड्रपबक्स) र म्यासेज गर्न मिल्ने प्लेटफर्म (म्यासेन्जर, ह्वाट्सएप र स्न्यापच्याट) बढ्दो अवस्थामा छन् ।

‘बाल वेबसाइटको मृत्युदर’

यसमा अर्को प्रमुख खोज थियो– भरखरै जन्मेका वेबसाइटहरूको ‘मृत्युदर’ । सन् २००६ मा सुरु भएका करिब ४० प्रतिशत डोमेनहरू पाँच वर्षसम्म सक्रिय देखिए । यस्तै, सन् २०१५ मा सिर्जित तीन प्रतिशत डोमेन मात्र अहिले सक्रिय देखिएका छन् ।

अध्ययनले बिजनेस लिडर, लगानीकर्ता र सरकारका लागि गहिरो पहलु खोतल्ने प्रयास गरेको छ । यसले वेब नेटवर्कको प्रभाव केवल अनलाइन व्यवसायमा मात्र लागू हुँदैन भन्ने देखाउँछ ।

साइन्स अर्लट डट कमबाट
 

प्रकाशित मिति: ०६:३३ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्