प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त
बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए।
काठमाडौं, भदौ १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए।
‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ,’ उनले भने, ‘गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
उनको ५९ वर्षको उमेरमा क्यान्सरका कारण ललितपुरस्थित आपार्टमेन्टमा निधन भएको हो। उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन्। इन्दिराले लोकदोहोरी, तामाङ सेलो, देउडा लगायत विविध भाषाका गीतहरू गाएकी छिन्।












-ink-1744291933.jpeg)