ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
उनले लघु तथा साना जलविद्युत उपभोक्ता समाज हिजोको दिनमा बढी सहयोगी र सेवाको दृष्किोणमा सञ्चालन भइरहेको बताउँदै अब व्यवसायीक पनि बन्न आवश्यक रहेको बताए।-1743064724.jpg)
काठमाडौं, भदौ १९ : उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए।
उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ। यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ। हामी त्यही लक्ष्यकासाथ काम गरिरहेको छौं। सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ। त्यो सहयोग सरकारलाई दिँदै गर्दा जनताकै लागि हुन्छ,’ उनले भने, ‘समस्याको सम्बोधन गर्ने, आवश्यक कानुन परिमार्जन गरेर समयसापेक्षित बनाउने, सुशासन कायम गर्ने र मूलुकलाई आर्थिक हिसाबले दरिलो बनाउन सक्यो भने तपाई हाम्रो योगदानको उच्च कदर हुनेछ।’
त्यस्तै उनले लघु तथा साना जलविद्युत उपभोक्ता समाज हिजोको दिनमा बढी सहयोगी र सेवाको दृष्किोणमा सञ्चालन भइरहेको बताउँदै अब व्यवसायीक पनि बन्न आवश्यक रहेको बताए।
ठूला संस्थाहरुले काम गर्दै गर्दा मूलुकमा केही राजस्व पनि संलन होस् भन्ने इच्छा सरकारको भएको बताउँदै मन्त्री खड्काले सहयोगी हुँदाहुँदै व्यवसायीक कसरी बनाउने भन्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए।












-ink-1744291933.jpeg)