नियमन कमजोर हुँदा सहकारीमा समस्याहरू आए : मन्त्री अधिकारी
मन्त्री अधिकारीले ऐन अन्तरगत रहेर कार्यविधि र नियम बनाउने भन्दै ऐनलाई परिवर्तन गरेर होइन सुधार गरेर अगाडि बढ्नुपर्ने बताए।-(92)-1756969786.jpg)
काठमाडौं, भदौ १९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन्।
नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले एक वर्षको कार्यकालभित्र धेरै कानूनहरु बनेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा अगाडि बढाएको बताए।
‘सहकारी क्षेत्रमा काम गर्ने जतिपनि यसका अभियान्ताहरु छौ, हाम्रो ऐनले के भनेको छ त्यो अनुसार काम गर्ने गरि नीति, नियम बनाउ र त्यसलाई कार्यान्वयन गर्ने तर्फ जाउ । हामी एक वर्षभित्र धेरै कानूनहरु बनाएका छांै, त्यसलाई कार्यान्वयनको चरणमा अगाडि बढाएका छौं,’ उनले भने, ‘समयमा हामीले कुनै पनि कुरा नराख्ने, नियम अनुसार नचल्ने, विधि उल्लंघन गरेर जाने अनि पछि गएर समस्या आयो भनेर भन्ने कुराले समाधान आउँदैन्। सहकारी सम्बन्धी केही नेपाल ऐनलाई सशोधन गर्ने ऐन, २०८१ मा धेरै कुराहरु समेटिएको छ।’
मन्त्री अधिकारीले ऐन अन्तरगत रहेर कार्यविधि र नियम बनाउने भन्दै ऐनलाई परिवर्तन गरेर होइन सुधार गरेर अगाडि बढ्नुपर्ने बताए।
‘कार्यविधि बनाउने, नियम बनाउने ऐन अन्तरगत नै हो, ऐनलाई परिवर्तन गरेर त सकिँदैन। त्यसकारण नियम र कानूनभित्र रहेर नियमावली र कार्यविधिहरु बनाउने हो । त्यो बनाउँदा विज्ञ, कानूनविद् सबैलाई राखौ र त्यो ऐनमा टेकेर कार्यविधि सुधार गर्न सकिन्छ भन्ने सबैको कुरा आयो भने सुधार गरौं न,’ उनले भने, ‘कार्यविधिले ऐनको कुरा सुधार गर्न सक्दैन। ऐनले कार्यविधि बनाएर जान सकिन्छ भनेको भए सकिन्थ्यो त्यो छैन् भनेपछि अब हामीले ऐन नै ल्याउनु पर्यो।’
नियमनको पाटो कमजोर भएको हुनाले पनि सहकारीमा समस्याहरु आएको भन्दै आँट गरेर सबै बसेर सहकारीलाई साच्चिकै व्यवस्थित गरौं भनेर लाग्ने हो भने सुधार सम्भव भएको पनि उनको भनाई छ।











-ink-1744291933.jpeg)
