लेडी गागाको कुकुर चोरी अभियोगमा पाँच पक्राउ
वासिङटन, वैशाख १६ : अमेरिकी कलाकार तथा गायिका लेडी गागाका दुई फ्रेन्च बुलडग (कुकुर) चोरीको आरोपमा पाँच जना पक्राउ परेका छन्। कोजी र गुस्ताभ नाम...
वासिङटन, वैशाख १६ : अमेरिकी कलाकार तथा गायिका लेडी गागाका दुई फ्रेन्च बुलडग (कुकुर) चोरीको आरोपमा पाँच जना पक्राउ परेका छन्।
कोजी र गुस्ताभ नाम भएको बुलडग चारीको आरेपमा बिहिबार पाँच व्यक्ति पक्राउ परेका हुन्।
१८ वर्षिय जेम्स जैक्सन, १९ वर्षिय जेलिन ह्वाइट र २७ वर्षिय लाफेट व्हेलीलाई हत्या र डकैतीको आरोपमा मुद्दा दर्ता गरेको न्युयोर्कका प्रहरी अधिकारीले बताएका छन् ।
त्यस्तै, अधिकारीहरूले जेलिन ह्वाइटका बुबा ४० बर्षे हेरोल्ड ह्वाइट र ५० वर्षिया जेनिफर म्याकब्राइडलाई हत्याको प्रयास अभियोगमा गिरफ्तार गरिएको बताएका छन्।
गत फेबु्रवरीमा आक्रमणकारीले कुकुरको हेरचाह गर्ने रायन फिशरलाई छातीमा गोली हानी लेडी गगाको कुकुर कोजी र गुस्ताभलाई चोरेका थिए।
प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
