Kathmandu Press

काेराेना बढेपछि कैलालीमा कडाइ, भीडभाड हुने क्रियाकलापमा रोक

धनगढी, वैशाख ७ : कोरोना भाइरसको संक्रमण बढेपछि कैलालीमा कडाइ गरिएको छ। भीडभाड हुने क्रियाकलापमा रोक लगाइएको छ।मंलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालको...
काेराेना बढेपछि कैलालीमा कडाइ, भीडभाड हुने क्रियाकलापमा रोक

धनगढी, वैशाख ७ : कोरोना भाइरसको संक्रमण बढेपछि कैलालीमा कडाइ गरिएको छ। भीडभाड हुने क्रियाकलापमा रोक लगाइएको छ।

मंलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कडाइ गर्ने निर्णय गरेको हो। जसअनुसार, धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। अन्य स्थानीय तहमा पनि १० दिनका लागि विद्यालय बन्द रहने छन्।

Hardik ivf

त्यस्तै, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न गर्ने निर्णय भएको छ। आजैदेखि बन्द गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

यसैगरी, वैशाख मसान्तसम्म सभा, सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ। मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरागरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ।

 

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्