Kathmandu Press

कोभिड–१९ खोप लगाएपछि पनि हुन्छ ‘ब्रेकथ्रु संक्रमण’

हरेक पाँचमध्ये एक अमेरिकी नागरिकले कोभिड–१९ विरुद्ध खोप लिएका छन् । तर, खोप लिइसकेका मानिसमा पनि कोरोना संक्रमण देखिएको छ तर यस्तो संक्रमण...
कोभिड–१९ खोप लगाएपछि पनि हुन्छ ‘ब्रेकथ्रु संक्रमण’
Hardik ivfHardik ivf

हरेक पाँचमध्ये एक अमेरिकी नागरिकले कोभिड–१९ विरुद्ध खोप लिएका छन् । तर, खोप लिइसकेका मानिसमा पनि कोरोना संक्रमण देखिएको छ तर यस्तो संक्रमण दुर्लभ छ र काफी हल्का प्रकृतिको पनि ।

सेन्टर फर डिजिज कन्ट्रोल र प्रिभेन्सन (सीडीसी) का अनुसार गत मंगलबारसम्म अमेरिकाको सात करोड ५० लाख जनसंख्याले खोपको पूर्ण मात्रा पाइसकेको छ । तर, खोपपछि पनि पाँच हजार आठ सयजनामा कोरोना संक्रमण भएको छ । सीडीसीले यसलाई ‘ब्रेकथ्रु संक्रमण’ संज्ञा दिएको छ ।

खोप लगाइएका मानिसमध्ये केहीमा संक्रमण गम्भीर प्रकृतिको थियो । पाँच हजार आठ सयमध्ये चार सयलाई ‘बे्रकथु्र संक्रमण’ पाइएको छ । तीमध्ये सात प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको छ । यस्तै, ‘ब्रेकथ्रु संक्रमण’ भएका १.३ प्रतिशतको मृत्यु भएको सीडीसीले जनाएको छ ।

अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ एलर्जिक एन्ड इन्फेक्सस डिजिज’का निर्देशक डा. एन्थोनी फाउचीलगायत जनस्वास्थ्य विज्ञहरूले कोभिड–१९ महामारी अन्त्यका लागि खोप मात्र उपयुक्त विकल्प नभएकामा जोड दिँदै आएका छन् ।

यो महामारी अन्त्यका लागि मास्क लगाउने र भौतिक दूरी कायम राख्ने स्वास्थ्य मापदण्डलाई निरन्तर कडाइका साथ पालना गर्नुपर्नेमा उनीहरूको जोड छ । यस्तो कडाइ कोरोना प्रसार रोक्न पर्याप्त ‘इम्युनिटी’को अवस्था नदेखिएसम्म कायम राख्नुपर्ने उनीहरूको सुझाव छ ।

‘खोपले आशातित काम गरिरहेको छ’

सीडीसीका अनुसार ‘ब्रेकथ्रु संक्रमण’ अपेक्षित हो । ‘खोपले आशा गरेअनुसार नै काम गरिरहे पनि हजारौँ ब्रेकथ्रु केस देखापर्न सक्ने पहिले नै अनुमान गरिएको सीडीसीको भनाइ छ ।

खोप लगाएका ०.००८ प्रतिशत मानिसमा यो ‘ब्रेकथ्रु इन्फेक्सन’ देखापरेको छ । र, घातक ‘ब्रेकथु्र’ का केस विरलै देखिएका छन् । मिनेसोटा राज्यको स्वास्थ्य विभागले राज्यमा पहिलो ८९ ‘ब्रेकथु्र संक्रमण’का बिरामीमध्ये कसैको पनि मृत्यु नभएको जनाएको छ ।

‘यदि कसैलाई खोप लगाइएको छ र पनि ब्रेकथ्रुको केस देखाप¥यो भने खोपले केही स्तरमा काम गरिरहेको बुझ्नुपर्छ,’ विभागका निर्देशक क्रिस एरेस्म्यानले गत मार्चमा भनेका थिए । त्यतिबेला मिनेसोटामा ब्रेकथ्रुको दर ०.०१ प्रतिशत थियो ।

सीडीसीले हालसम्म स्वीकृति पाएका खोपहरू मृत्युदर रोक्न सक्षम रहेको बताउँदै आएको छ । क्लिनिकल परीक्षणहरूमा ती खोपले राम्रो नतिजा हासिल गरेका छन् । 

खोप लगाएका मानिसलाई आफू कोरोना संक्रमित भएको थाहा हुँदैन । किनकि, ब्रेकथ्रुका एक तिहाइ (२९ प्रतिशत) संक्रमण लक्षणविहीन हुन्छ । परीक्षणपछि मात्र संक्रमण पत्ता लाग्ने सीडीसीले जनाएको छ ।

४० प्रतिशत ‘ब्रेकथ्रु संक्रमण’ पूर्ण खोप लगाएका ६० वर्ष उमेरका ज्येष्ठ नागरिकमा देखिएको थियो । त्यसैले पूर्ण खोप लगाएका सबैलाई ‘ब्रेकथु्र संक्रमण’को जोखिम छैन । ६० वर्षमाथिका ज्येष्ठ नागरिकमा खोपको प्रभावकारिता पनि कम देखिने गरेको छ ।

डा. फाउचीका अनुसार कमजोर स्वास्थ्य अवस्था रहेका ज्येष्ठ नागरिकमा खोपको प्रभावकारिता कम हुन्छ ।

सीडीसीका अनुसार खोपपछि पनि संक्रमणबारे अनुगमन गर्न ‘भ्याक्सिन ब्रेकथ्रु डाटाबेस’ बनाउन संघीय सरकारलाई सुझाइएको छ । ‘पूर्ण खोप लिइसकेका व्यक्तिले पनि सार्वजनिक स्थलमा मास्क लगाउने, कम्तिमा करिब दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त ठाउँमा नजाने र साबुन पानीले हात धुने स्वास्थ्य सावधानी अपनाउन छाड्नु हुँदैन,’ सीडीसीले भनेको छ ।

- साइन्स अलर्ट डटकमबाट

प्रकाशित मिति: ०६:२७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्