Kathmandu Press

आर्थर गन अर्थात् दिवेस पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, वैशाख ४ : नेपाली युवा दिवेस पोखरेल अर्थात आर्थर गनले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकन आइडलको...
आर्थर गन अर्थात् दिवेस पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, वैशाख ४ : नेपाली युवा दिवेस पोखरेल अर्थात आर्थर गनले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकन आइडलको १८ औं संस्करणमा रनर अप भएका आर्थर गनले अमेरिकन आइडल को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।

अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै उनीहरूलाई दोस्रो मौका दिने अभिप्रायले गत सिजनका दस जनालाई मौका दिने निर्णय गरेको हो ।

Hardik ivf

यसमा आर्थर गनसँगै गत संस्करणमा प्रतिस्पर्धा गरेका फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस छनोट भएका छन् । आइडलले राम्रो सम्भावना भएका तर यो बीचमा कुनै रेकर्ड लेबलसँग सम्झौता नगरेका गायकलाई दोस्रो मौका दिने निर्णय गरेको हो । 

यसरी छानिएका १० जनाले अप्रिल १९ मा हुने एपिसोडका लागि प्रतिस्पर्धा गर्नेछन्। र, यो प्रतिस्पर्धाबाट एक जना नयाँ संस्करणको उत्कृष्ट १० भित्र पर्नेछन्।

एक हप्ताभरि हुने भोटिङबाट जसले धेरै नम्बर पाउँछ उसले नयाँ सिजनका उत्कृष्ट १० सँग प्रतिस्पर्धा गर्न पाउनेछ। मे २३ मा नयाँ संस्करणको विजेता चुनिनेछ । 

प्रकाशित मिति: १५:०७ बजे, शनिबार, वैशाख ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्