Kathmandu Press

त्रिकोणात्मक सिरिज : नेपालले टस जितेर फिल्डिङ रोज्यो, आसिफ र साहबको डेब्यू

काठमाडौं, वैशाख ४ : पहिलो पटक घरेलु मैदानमा आयोजना भइरहेको टि–२० सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टियू मैदानमा हुने...
त्रिकोणात्मक सिरिज : नेपालले टस जितेर फिल्डिङ रोज्यो, आसिफ र साहबको डेब्यू
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ४ : पहिलो पटक घरेलु मैदानमा आयोजना भइरहेको टि–२० सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टियू मैदानमा हुने नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो।

नेदराल्यान्ड्सविद्धको खेलसँगै ओपनर आसिफ सेख र स्पिनर साहब आलमले राष्ट्रिय टिममा डेब्यू गरेका छन्। १५ सदस्यीय टिममा रहेका आसिफ र साहब दुवैलाई प्रशिक्षक डेभ वाट्मोरले नेदरल्यान्ड्विरुद्धको प्लेइङ सेटमा राखेका छन्। यस्तै, आजैको खेलबाट अर्का ओपनर कुशल भुर्तेलले पनि टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्।

ज्ञानेन्द्र मल्लाको कप्तानीमा रहेको नेपाली टिममा दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल भुर्तेल, आसिफ सेख, साहब आलम छन्।

कोरोना भाइरसको महामारीका कारण खेलमा हेर्न टियू मैदानमा सीमित दर्शकलाई मात्र अनुमति दिएकोछ। नेपाली राष्ट्रिय टिमले १४ महिनापछि खेल खेल्न लागेको हो।

पछिल्लो पटक नेपालले सन् २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्ससँग खेलेको थियो । जसमा नेपाल ४ विकेटले विजयी भएको थियो।

नेदरल्याण्ड्स टी–२० मा नेपालको लागि परिचित प्रतिस्पर्धी समेत हो जोसँग नेपालले ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेदरल्याण्ड्स ३ खेलमा विजयी हुँदा नेपालले २ खेल जितेको छ।

प्रकाशित मिति: १३:१८ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्