Kathmandu Press

नेपालले वेस्टइन्डिज एसँग खेल्दै

आसन्न टि–२० विश्वकपको तयारीका लागि आयोजना गरिएको सिरिज नेपालका लागि आफ्नो क्षमता जाँच्ने महत्वपूर्ण अवसर हुनेछ।
नेपालले वेस्टइन्डिज एसँग खेल्दै

काठमाडाैं, वैशाख १५ : नेपाल र वेस्टइन्डिजको ‘ए’ बीचको ५ खेलको टि–२० सिरिज आजबाट सुरु हुँदैछ। सिरिजको पहिलो खेल आज कीर्तिपुरस्थित टियू मैदानमा १२ः१५ बजे सुरुहुनेछ।

आसन्न टि–२० विश्वकपको तयारीका लागि आयोजना गरिएको सिरिज नेपालका लागि आफ्नो क्षमता जाँच्ने महत्वपूर्ण अवसर हुनेछ।

Hardik ivf

वेस्टइन्डिजको टिममा विश्वकप खेलिसकेका र अधिकांश अन्तर्राष्ट्यिस्तरमा अफ्नो क्षमता देखाइसकेका खेलाडी भएकाले नेपाललाई यो सिरिजबाट विश्वकपको राम्रो तयारी हुनेछ।

सिरिजका लागि रोस्टन चेसको कप्तानीमा रहेको वेस्टइन्डिजको टिम बुधबार नेपाल आएको थियो। नेपाली टिमको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन्।

वेस्ट इन्डिज ‘ए’ टोली हेर्ने हो भने नेपालले ठूलै चुनौती सामना गर्नुपर्ने देखिन्छ। वेस्ट इन्डिज टोलीमा वेस्ट इन्डिज ‘ए’ को टोलीमा जोनसन चार्ल्स, फाबियन एलेन, एन्ड्रे फ्लेचर, हेडेन वाल्स, एलिक अथानाजे, किमो पाउल, ओसाने थोमस जस्ता खेलाडी रहेका छन्।

नेपाली टोलीका कप्तान पौडेलले एसिसी प्रिमियर कपमा गरेको खराब प्रदर्शनलाई विर्सँदै वेस्टइन्डिज एविरुद्ध मैदान उत्रने र उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

नेपालले सिरिजका लागि शुक्रबार मात्र टिममा ४ खेलाडी थप्दै २० सदस्यीय टिममा बनाएको छ। बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडीको ठूलो परीक्षण हुनेछ।

 

प्रकाशित मिति: ०९:१९ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्