Kathmandu Press

कीर्तिमानी लक्ष्य पछ्याउँदै पञ्जाबले कोलकातालाई हरायो

इडेन गार्डेनमा २६२ रनको लक्ष्य पञ्जाबले ८ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टायो।
कीर्तिमानी लक्ष्य पछ्याउँदै पञ्जाबले कोलकातालाई हरायो

काठमाडाैं, वैशाख १५ : आईपिएलमा पञ्जाब किंग्सले टि २० क्रिकेट इतिहासकै कीर्तिमानी लक्ष्य पछ्याउँदै जित निकालेको छ। शुक्रबार राति भएको खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सविरुद्ध २६२ रनको लक्ष्य पछ्याएको हो।

इडेन गार्डेनमा २६२ रनको लक्ष्य पञ्जाबले ८ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टायो। यसअघि टी २० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो।

२६१ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। पन्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे।

Hardik ivf

ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे । राइली रोसोउ २६ रनमा आउट भए । कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए।

पहिले ब्याटिङ गरेको कोलकाताले दुई ओपनरको अर्धशतकमा २६१ रन जोडेको थियो। फिल सल्टले ३७ बलमा ६ चौका र ६ छक्का प्रहार गरी ७५ रन बनाए। अर्का ओपनर सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्का प्रहार गरी ७१ रन जोडे।

त्यसपछि वेंकटेश ऐयरले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे भने आन्द्रे रसेलले १२ बलमा २ चौका र २ छक्का प्रहार गरी २४ रन जोडे।

कप्तान श्रीयश ऐयरले १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २८ रनको योगदान गरे। बलिङमा पञ्जाबका अर्शदीप सिंहले २ विकेट लिए।

कोलकाता आइपिएलको अंक तालिकामा दोस्रो र पञ्जाब आठौं स्थानमा छ।

प्रकाशित मिति: ०९:३८ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्