Kathmandu Press

कुश्मामा रिसोर्ट सहित जिपलाइन र सिसाको स्काइ बृज बन्दै

काठमाडौं, वैशाख ३ : अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ।यहि...
कुश्मामा रिसोर्ट सहित जिपलाइन र सिसाको स्काइ बृज बन्दै

काठमाडौं, वैशाख ३ : अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ।

यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काइ बृजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीकाअध्यक्ष बिदुर पौडेलले बताए। 

Hardik ivf

कुश्माको चाक्लेडिलबाट सुरु हुने जिपलाइनले २ पटक कालीगण्डकी नदि क्रस गर्ने हुँदा थप एड्भेन्चर हुन्छ। ११ करोड लागानी आँकलन गरिएको परियोजनामा बैशाख भित्र जिपलाइ सुरु गरिने र दोश्रो चरणमा एकै पटकमा चार जना खेल्न मिल्ने खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्युमन स्लिङसट, सिसाको स्काइ बृज र स्विमिङ पुल सहितको रिसोर्ट निर्माण गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए।

करिब ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आगामी दशै सम्म निर्माण सम्पन्न गर्ने लक्ष रहेको बस्नेतले बताए। राजकुमार बस्नेत, सुनिल सिङ बानिया, बिदुर पौडेल, रामचन्द्र जोशी, सुर्य बहादुर क्षेत्री, नरेन्द्र बहादुर खत्री र सागर जोशी लगानीकर्ता रहेको कम्पनीले कालीगण्डकी नदिमा र्याफ्टिङ समेत सन्चालन गर्ने योजना बनाएको छ।

प्रकाशित मिति: ०६:५८ बजे, शुक्रबार, वैशाख ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्