क्राईम थ्रिलर वेबसिरिज ‘अघोरी’मा रेमन दासको इन्ट्री
काठमाडौं, वैशाख २ : ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज ‘अघोरी’मा रेमन दास श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन्।
रेमन दाससँगै सुमन चित्रकार श्रेष्ठ ,सपना तामांग ,किरण स्यान्ग्तान, सिरन बज्राचार्य , निश्चल जुङ्ग , अमिसा , तृप्ति लगायत कलाकारहरु फाइनल भैसकेको निर्देशक सुजन मानन्धरले बताएका छन् । यसअघि तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेब्सिरिज निर्माण गरेको कम्पनीले एस पटक केहि फरक कार्यक्रम दर्शकलाई पस्किने कोशिश गर्नेछ।
क्राइम थ्रिलर भएकोले मकेअपको जिम्मा अमृत मरथाले लिएका छन् । अघोरिको कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् । यसमा संगीतको काम रिकेश मानन्धरले गर्नेछन् । बालकलाकारको रूपमा आयुष रिजालले भूमिका निर्बाह गर्नेछन् । निश बज्राचार्यको छायांकन रहने सिरीजमा सुजन मानन्धरको सम्पादन र निर्देशन रहनेछ ।
प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘होस्टेल–३’ सशान कँडेलले निर्देशन गर्नेबुधबार, वैशाख ५, २०८१
चर्चित साहित्यकार प्रकट पंगेनीको निधनमंगलबार, वैशाख ४, २०८१
सलमानको निवासबाहिर हवाई फायरिङआइतबार, वैशाख २, २०८१
‘कलात्मकभन्दा मनोरञ्जनात्मक चलचित्रमा दर्शकको आकर्षण’आइतबार, वैशाख २, २०८१