Kathmandu Press

प्रधानमन्त्री ओलीले फेरि भने- नुन पानीले गार्गल गरे कोरोना चट्

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि भ्रम फैलाउँदै नुन पानीले गार्गल गरे कोरोना भाइरस चट हुने बताएका छन्।बिहीबार नेपाल चेम्बर...
प्रधानमन्त्री ओलीले फेरि भने- नुन पानीले गार्गल गरे कोरोना चट्

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि नुन पानीले गार्गल गरे कोरोना भाइरस चट हुने बताएका छन्।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिन, नुन, पानीले कुल्ला गर्न  सुझाएका हुन्। उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट।'

Hardik ivf

उनी त्यतिक्कैमा रोकिएनन्। कोरोना निको बनाउन बिधि बताउँदै भने, 'नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन।’

भारतमा कोरोनाको दोस्रो लहर चलेसँगै नेपालमा पनि जोखिम बढेको छ। दैनिक कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ।

प्रधानमन्त्री ओलीले भारतमा संक्रमण बढेको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेको जनाउँदै सचेत रहन आग्रह गरे। उनले भौतिक दूरी कायम गर्न, मास्क लगाउन र हातमुख धुन पनि आग्रह गरे।

यदि साबधान नभएमा फेरि पनि जनजीवन ठप्प हुने अवस्था आउने उनको भनाइ थियो। त्यसका लागि सतर्कता अपनाउनु पर्ने ओलीले बताए। 'हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं, तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने। सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं,’ ओलीले भने।

अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले काम गरिरहेको उनको भनाइ थियो। सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने योजनामा रहेको उनले बताए।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्