Kathmandu Press

काेराेना खोपबाट पूर्ण सुरक्षाको ग्यारेन्टी छैन, सावधानी अपनाउनुहाेस् : प्रधानमन्त्री

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी ओलीले नेपालमा फेरि पनि कोरोना संक्रमणको जोखिम बढेकाले सचेत हुन आग्रह गरे।नेपाल चेम्बर अफ कमर्सको बिहीबार आयोजित ७०औं...
काेराेना खोपबाट पूर्ण सुरक्षाको ग्यारेन्टी छैन, सावधानी अपनाउनुहाेस् : प्रधानमन्त्री

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी ओलीले नेपालमा फेरि पनि कोरोना संक्रमणको जोखिम बढेकाले सचेत हुन आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सको बिहीबार आयोजित ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखम बढेको स्पष्ट पारे।

Hardik ivf

उनले कोरोना महामारी नियन्त्रण गर्न नसके आफूमाथि धेरै आलोचना हुने भएकाले आफू त्यसमा गम्भीर भएर लागिरहेको बताए।

बेलैमा सतर्क नभए जनजीवन ठप्प पार्ने स्थिति आउन सक्ने भन्दे उनले सजग गराए। ‘हामी सावधान हुनुपर्छ, दुरी कायम गर्ने, मास्क लगाउने,’ उनले भने, ‘किञ्चित हामी कोभिड-१९ लाई अवसर नदिऔं।’

भ्याक्सिन नआउँदा, मान्छे बिमारी हुँदा आफूले गाली खानुपरेको दुखेसो पोख्दै ओलीले निःशुल्क परीक्षण र उपचार गरिएको, निःशुल्क खोप लगातार चलाइएको दाबी गरे। उनले खोपबाट पनि पूर्ण सुरक्षाको ग्यारेन्टी नहुने भएकाले सावधानी अपनाउनु नै बेस हुने बताए।

सोही कार्यक्रममा उनले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताए। उनले कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्