Kathmandu Press

पत्रकार महासंघको प्रतिष्ठान प्रदेश अध्यक्षमा बालकृष्ण अधिकारी

काठमाडौं, चैत २६ : नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति अध्यक्षमा बालकृष्ण अधिकारी विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी उद्धव कार्कीलाई ६१२ मतले पराजित...
पत्रकार महासंघको प्रतिष्ठान प्रदेश अध्यक्षमा बालकृष्ण अधिकारी

काठमाडौं, चैत २६ : नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति अध्यक्षमा बालकृष्ण अधिकारी विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी उद्धव कार्कीलाई ६१२ मतले पराजित गर्दै अधिकारी प्रतिष्ठान प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले ९४० मत प्राप्त गरे भने कार्कीले ३२८ मत मात्र पाए ।

यसैगरी उपाध्यक्षका अधिकारीकै प्यालनका वीरेन्द्र ओली विजयी भए । उनले ७७८ मत ल्याए भने उनका प्रत्यासी सरोज कोइरालाले ४५४ मा ल्याए ।

यस्तै,  महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुला सचिवमा  नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् । सबै अधिकारीकै प्यालनका हुन्।

 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्