नेत्रले ल्याए ‘मैलो चोली’

काठमाडौं, चैत २६ : गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गीतमा टेकु खत्री र सूर्यकुमार बोहराको शब्द रहेको छ भने संगीत सूर्य बोहराको छ ।

गरिबीका कारणले परदेशमा गएको एक युवाको कथालाई समेटिएको गीतको भिडियो दिनेश मुस्कनले निर्देशन गरेका हुन् । छुकमान विश्वकर्माले खिचेको भिडियोमा रश्मी भट्ट र ओवी रायमाझीले अभिनय गरेका छन्।

हेर्नुहाेस् भिडियाे

 Published Date: Thursday, 8th April 2021 11:04:00 am