Kathmandu Press

गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि

काठमाडौं, चैत २५ : वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग...
गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि
फाइल तस्बिर ।

काठमाडौं, चैत २५ : वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ।

प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता हुने छन् । प्रतियोतिगामा पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ। पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा रहने छ भने महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौलसमूहमा खेल हुनेछ ।

Hardik ivf

पुरुष/महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेस्राे हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्। समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख रुपैयाँ पाउने छन्। यस्तै दोस्रो हुनेले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताका उत्कृष्ट पुरुष÷महिला खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाईलगायतका टोलीको सहभागिता रहने छ।  प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुरले गर्ने छन्।

प्रकाशित मिति: १८:५० बजे, बुधबार, चैत २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्