रिलायन्स फाइनान्सको साधारणसभा आगामी वैशाख २२ मा
काठमाडौं, चैत २५ : रिलायन्स फाइनान्स लिमिटेडको एघारौं वार्षिक साधारणसभा २०७८ वैशाख २२ गते हुने भएको छ।फाइनान्स सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा...
काठमाडौं, चैत २५ : रिलायन्स फाइनान्स लिमिटेडको एघारौं वार्षिक साधारणसभा २०७८ वैशाख २२ गते हुने भएको छ।
फाइनान्स सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा वैशाख २२ गते बिहान ११ बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंकेटबाट भर्चुअल रूपमा सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
कम्पनीले सबैलाई भर्चुअल रूपमा पनि सहभागिता जनाउन अनुरोधको छ। त्यसरी उपस्थित हुनेलाई सभामा भौतिक रूपमै उपस्थिति जनाएसरह मान्यता दिने बताइएको छ।
साधारण सभाको प्रयोजनका लागि आगामी वैशाख १० गते एक दिनका लागि सेयरधनी किताब बन्द (बुक क्लोज हुने) रहने कम्पनीले बताएको छ।
प्रकाशित मिति: १४:४२ बजे, बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार