५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
मंगलबार कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ।
काठमाडौं, असोज ७ : शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ।
मंगलबार कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ। आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा रहेका छन्।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। जसको करिब ३८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि यूनिभर्सल पावर (१८ करोड ५० लाख) र हिमालयन डिष्टिलरी (१८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बने।
आज सेन्सेटिभ इन्डेक्स ९.०८ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३.९० अंकले बढेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०१ अंकले बढेको छ।
सबै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्द बढी बढेको छ । तयसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
-(56)-1764919423.jpg)











