Kathmandu Press

बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा प्रदर्शन (तस्बिरहरु)

स्थानीय बासिन्दाले बाजागाजासहित प्रदर्शन गरेका थिए, कोरोनाको बहाना बनाएर नेवार सभ्यता सिध्याउन खोजेको उनीहरुको भनाइ थियो।
बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा प्रदर्शन (तस्बिरहरु)

भक्तपुर, चैत २३ : भक्तपुरको प्रख्यात बिस्का जात्रा रोक्ने निर्णयको विरोधमा स्थानीय बासिन्दाले सोमबार साँझ प्रदर्शन गरेका छन्।

भक्तपुरको न्यातपोल डबलीबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय पुगेर पुन: न्यातपोल डबलीमै आएर सकिएकाे थियो। उनीहरुले बिस्केट जात्रा मनाउन पाउनु पर्ने माग गरी प्रदर्शन गरेका हुन्।

स्थानीय बासिन्दाले बाजागाजासहित प्रदर्शन गरेका हुन्। उनीहरुले कोरोनाको बहाना बनाएर नेवार सभ्यता सिध्याउन खोजेको उनीहरुको भनाइ थियो। जात्रा मनाउन माग गरेका प्लेकार्ड बोकेका थिए।

Hardik ivf

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले बिस्का जात्रा रोक्ने निर्णय गरेको थियो। त्यसको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: १९:५८ बजे, सोमबार, चैत २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्