Kathmandu Press

रोकिए ‘कृष्णा लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन’

काठमाडौं, चैत १९ : कोरोना भाइरसका कारण लामो समयदेखि दर्शकको पर्खाइमा रहेका नेपाली फिल्म ‘कृष्णा लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन’ प्रर्दशन फेरि...
रोकिए ‘कृष्णा लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन’

काठमाडौं, चैत १९ : कोरोना भाइरसका कारण लामो समयदेखि दर्शकको पर्खाइमा रहेका नेपाली फिल्म ‘कृष्णा लीला’, ‘मनसँग मन’ र ‘लप्पन छप्पन’काे प्रर्दशन फेरि रोकिएको छ।

तीन वटै फिल्म चैत २७ गते प्रर्दशन गर्ने घोषणा गरिएको थियो। तर, भारतमा कोरोना संत्रमण बढेसँगै नेपालमा पनि संक्रमण जोखिम न्यूनिकरण गर्न सभा, सम्मेलन, भेला जस्ता कार्यक्रम नगर्न सरकारले आग्रह गरेको छ।

Hardik ivf

सरकारले सिनेमा हलमा लगाएको ५० प्रतिशन अकुपेन्सी बन्देज अहटाउँदै फिल्म प्रर्दशन गर्ने तयारीमा निर्माताहरु थिए। बिहीबार भने तीन वटै फिल्म निर्माताले अनिश्चितकालका लागि प्रर्दशन नगर्ने निर्णय गरेका हुन्।

फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलका अनुसार हल व्यवसायीहरुले लगानी सुरक्षित हुने वातावरण बनाउने आग्रहलाई वेवास्ता गरेकाले प्रदर्शन रोकिएको हो। उनले भने,  ‘हामीले पनि करौडौंको लगानीमा रिक्स नलिन फिल्म स्थगित गरेका हौं।’  

 

 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्