Kathmandu Press

ललितपुरको कुमारी घर पुनः निर्माण हुने 

ललितपुरको कुमारी घर पुनः निर्माण हुने 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : ललितपुरमा रहेको कुमारी घर पुनः निर्माण हुने भएको छ। 

२०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त भएको कुमारी घर भारत सरकारको अनुदानमा पुनः र्निमाण हुन लागेको ललितपुर महानगरले जनाएको छ ।

मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको कुमारी घरको शिलान्यास गरेका हुन् ।

करिब साढे चार करोडमा बनाउन लागिएको सो कुमारी घरलाई पुरानै मौलिक स्वरूपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस्तै डेढ वर्ष निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उनीहरूको भनाइ छ । 
 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्