Kathmandu Press

नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक

काठमाडौ., फागुन २१ : साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक लोकार्पण गरिएको छ । साहित्यकार नर्मदेश्वरी र डा. मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष...
नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक
Hardik ivfHardik ivf

काठमाडौ., फागुन २१ : साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक लोकार्पण गरिएको छ । 

साहित्यकार नर्मदेश्वरी र डा. मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष प्रवेशका अवसरमा विमोचित सो २४८ पृष्ठको पुस्तकमा देशविदेशका विभिन्न ठाउँमा भएका यात्रा प्रसङ्ग र साहित्यिक गतिविधिका २१  संस्मरण समावेश गरिएको छ । 

पारिवारिक वातावरणमा गरिएको कार्यक्रममा नौ वर्षीया प्रनिसा रेग्मी सभाध्यक्ष र डेढ वर्षीया सानिद्या केसीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो । पुस्तक चिकित्सकद्वय डा.प्रदीप के.सी. र डा. जया सत्यालद्वारा प्रकाशन गरिएको हो । 
 

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’