Kathmandu Press

आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयं भारतीको छ ।  
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 

काठमाडौं, वैशाख १४ : आजबाट नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । 

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयं भारतीको छ ।  

Hardik ivf

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ । 

चलचित्रको निर्माता बद्री अधिकारी हुन् । 

प्रकाशित मिति: ०८:५१ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्