Kathmandu Press

‘पूर्णबहादुरको सारंगी’मा प्रकाश सपूत

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो।
‘पूर्णबहादुरको सारंगी’मा प्रकाश सपूत

काठमाडौं, वैशाख १४ : सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो। उनको भूमिकाको बारेमा खुलाइएको छैन। सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ।

Hardik ivf

निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो। फिल्म २०८२ मा दर्शकमाझ आउनेछ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र रमेश चौलागाईं तथा हरि श्रेष्ठ कार्यकारी निर्माण रहनेछ।
 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्