Kathmandu Press

संसद सचिवालयलाई प्रचण्डको पत्र– ओलीका कामकारबाहीलाई मान्यता नदिनू

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाइसकेको भन्दै...
संसद सचिवालयलाई प्रचण्डको पत्र– ओलीका कामकारबाहीलाई मान्यता नदिनू
फाइल तस्बिर
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाइसकेको भन्दै संसद सचिवालयलाई पत्र पठाएको छ।

संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा संसदीय दलको नेताका नाममा ओलीले गर्ने कामकारबाहीलाई मान्यता नदिन आग्रह गरिएको छ।

माघ १९ गते बसेको केन्द्रीय कमिटीको बहुमत सदस्य उपस्थित बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन  गरेको उल्लेख गर्दै पार्टी सदस्य नै नरहेको संसदीय दलको नेताका रुपमा रहन नसक्ने भन्दै पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको जानकारी पत्रमा दिइएको छ।

प्रचण्डले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरू कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने स्पष्ट पारेका छन्।

पत्र बुझाउन सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दीनानाथ शर्मा गएको जनाइएको छ।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्