Kathmandu Press

पोखरा रङ्गशालामा प्रधानमन्त्री ओलीले बिताए एक घन्टा

कास्की, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाबीच आज पोखरा रङ्गशालामा एक घन्टा बिताएका छन्।नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका...
पोखरा रङ्गशालामा प्रधानमन्त्री ओलीले बिताए एक घन्टा
Hardik ivfHardik ivf

कास्की, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाबीच आज पोखरा रङ्गशालामा एक घन्टा बिताएका छन्।

नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आएका प्रधानमन्त्री ओलीले सभागृहमा पार्टीको भेलालगत्तै दिउँसो फुटबल रङ्गशालाको अवलोकन गरेका हुन। मुलुकको प्रमुख कार्यकारी रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक स्वागतमा प्रवेशद्वारमा राष्ट्रिय झन्डा फहराउँदै उपस्थित भइसकेका थिए।

प्रधानमन्त्री ओली रङ्गशालामा आएपछि आफ्नो खेल पोशाकमा उपस्थित खेलाडी तथा प्रशिक्षकले हातमा लिएको राष्ट्रिय झन्डा फहराए र प्रधानमन्त्रीको भव्य स्वागत गरेका थिए। उनको स्वागतमा रङ्गशालामा बाजागाजाको व्यवस्था मिलाइएको थियो।

प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तराष्ट्रियस्तरको फुटबल रङ्गशालामा बसेर रङ्गशालाभित्र निर्माण सम्पन्न भएका खेल पूर्वाधार तथा निर्माणाधीन पूर्वाधारका बारेमा जानकारी लिए। सुन्दर अन्नपूर्ण हिमश्रृङ्खलाको पृष्ठभूमिमा बन्दै गरेको रङ्गशालालाई एशियाली फुटबल महासङ्घ (एएफसी)ले एशियाको उत्कृष्ट रङ्गशाला भनेर आफ्नो वेवसाइटमा राखेको छ। प्रधानमन्त्री ओलीलाई आयोजकले सोही रङ्गशालाको सुन्दर तस्बीर ‘मायोको चिनो’ स्वरुप उपलब्ध गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रङ्गशालाको गुरुयोजना तथा खेल पूर्वाधारका बारेमा जानकारी गराएका थिए। रङ्गशालाभित्रका भलिबल कोर्ट, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्डहल, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, ह्याडबल, स्क्वासलगायत खेल पूर्वाधार तथा समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई सदस्यसचिव सिलवालले जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले रङ्गशालामा उपस्थित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षकलाई सम्बोधन गर्दै गत वर्ष १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का केही खेल पोखरामा सफल सञ्चालनबाट ठूलो उपलब्धी हासिल भएको बताए। 'अहिले खेलकूद आयोजना गर्न मिल्ने गरी रङ्गशाला निर्माण भएको १३औँ सागको आयोजनाले पनि देखाएको छ, यसबाट नेपाल, गण्डकी प्रदेश र पोखराले ठूलो उपलब्धी हासिल गरेकोमा म गण्डकी  प्रदेश र पोखरालाई बधाई भन्न चाहन्छु,' उनले भने।

प्रधानमन्त्रीले पोखरा रङ्गशालालाई अस्थायी रुपमा मात्र नभई सम्पूर्ण हिसाबले तयारी अवस्थामा राख्नुपर्ने बताउँदै आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने प्रतिवद्धता समेत व्यक्त गरे। 'स्वीमिङ, आर्चरी, पौडी पोखरी निर्माण गर्ने योजनामा केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने काम गरिनेछ। सातै प्रदेशमा रङ्गशाला निर्माण गर्ने योजना सरकारको छ। कतिपय ठाउँमा बनिरहेको पनि छ,' उनले भने, 'पोखरा रङ्गशाला निर्माणलाई पूर्णता दिन सरकारको तर्फबाट गर्नुपर्ने कुरा मलाई बताउनुभए हुन्छ, म प्रतिबद्ध छु। यसको अग्रसरता प्रदेश सरकार र खेलकूद परिषद्ले लिनेछ।'

पूर्वाधार, राम्रा प्रशिक्षक, आवश्यक खेल सामग्री, खेलाडीलाई प्रोत्साहन र सुविधाका लागि सरकारले प्रारम्भ गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदका ५१ स्वर्ण विजेता खेलाडीलाई सहित २०७ पदक विजेता खेलाडीलाई सम्मान गरेको बताए।

खेलाडीले इमान्दाररुपमा खेल खेल्दा र सिक्दा कसैले पनि उछिन्न नसक्ने बताउँदै खेलाडीलार्ई अनुशासनमा रहेर मिहिनेत गर्न आग्रह गरे। उनले भने, 'इमान्दाररुपमा खेल्नुहोस्, सिक्नुहोस्। सही, उचित र ठीक ढङ्गबाट प्रयास गरिराखे मात्र सफलता प्राप्त हुन्छ।' (रासस)

प्रकाशित मिति: १९:२० बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्